
काठमाडौं, माघ ११ । चीनमा ‘कोरोनाभाइरस’का कारण थप १५ जनाको मृत्यु भएको छ ।
योसँगै हुवान सहरबाट फैलिएको यो नयाँ भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । १२ सय ८७ जना संक्रमित भेटिएका छन् ।
हुवेइ सहरमा एकजना चिकित्सककै मृत्यु भएको छ ।
संक्रमण फैलँदै गएपछि लुनार नयाँ वर्षका महत्वपूर्ण समारोहहरु रद्द गरिएका छन् ।
वुहान सहरका अस्पतालहरु भरिभराउ भएका छन् भने औषधिको पनि अभाव हुन थालेको छ ।
आवत–जावतमा प्रतिबन्ध लगाइएको सो सहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार बेड क्षमताको अस्पताल निर्माण भइरहेको अधिकारीहरुले जनाएका छन् ।
नेपालमा पनि
यो भाइरसको संक्रमण युरोपमा पनि फैलिएको छ । फ्रान्सका तीनजना र अष्ट्रेलियामा एकजना संक्रमित भेटिएका छन् ।
यसअघि, थाइल्यान्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुई/दुई र ताइनवानमा एकजना संक्रमित भेटिएका छन् ।
नेपालमा पनि एकजना कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।
अमेरिका, बेलायत र क्यानडामा संक्रमणको आशंकामा परीक्षण भइरहेको बताइएको छ ।
लक्षण
जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सरेकोसमेत पुष्टि भइसकेको छ ।
यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरु बताउँछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्