देशभर चिसो बढ्दै, सचेत रहन आग्रह « Image Khabar


देशभर चिसो बढ्दै, सचेत रहन आग्रह


0
Shares

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम विदहरुले आग्रह गरेका छन् ।

चिसाे बढ्ने क्रममा विभिन्न स्वास्थ्य समस्या देखापर्ने भन्दै उनीहरुले त्यस्ताे आग्रह गरेका हुन् । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाअनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाअनुसार आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।