२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अमेरिकी सैन्य क्याम्पमा इरानको रकेट आक्रमण: सैनिकहरुको मस्तिष्कमा चोट !


0
Shares

काठमाडौं । इरानले अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दा घाइते भएका अमेरिकी सैनिकहरुको मस्तिष्कमा चोट लागेको छ ।

केही दिनअघि इराकको बगदादमा इरानले अमेरिकी सैन्य क्याम्पमा रकेट आक्रमण गरेको थियो ।

अमेरिकाले हवाइ आक्रमण गरेर इरानी सैन्य कमाण्डर कासेमा सुलेमानीलाई मारेपछि त्यसको बदला लिन भन्दै इरानले अमेरिकी सेनाका क्याम्पमा हमला गरेको थियो ।

उक्त हमला लगत्तै अमेरिकाले आक्रमणमा मानविय क्षति नभएको दावी गर्दै आएको छ ।

तर अधिकारीहरुका अनुसार अझै १७ जना सैनिकहरु उपचारकै क्रममा रहेका छन् ।

राष्ट्रपति ट्रम्पले इरानविरुद्ध फेरि कारवाही नगर्ने आफ्नो नीतिका कारण मानवीय क्षति नभएको दावी गरेका थिए ।

स्वीट्जरल्याण्डको डाबोसमा भएको वल्ड इकोनोमी फोरममा सहभागी हुने क्रममा राष्ट्रपति ट्रम्पले इरानको आक्रमणमा आफ्ना सेना घाइते भएको बताएका थिए ।

अमेरिकी रक्षा विभागका प्रवक्ता जोनाथन होफम्यानले घाइते आठ जनालाई थप उपचारका लागि अमेरिका पठाइएको बताए ।

घाइतेमध्ये नौ जनालाई यसअघि नै जर्मनी पठाइएको उनले जानकारी दिए । (एजेन्सी)