२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


जाजरकोटमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता


0
Shares

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा तीर्थ बोहराको घरमा भाडामा बस्दै आएका सिताला लोहार उनका छोरीहरु भगवती, रन्जना र मनिषा रहेका छन् ।

पहिरोमा परेर ८ वर्षीया बालिका नम्जा बोहोराको पनि मृत्यु भएको छ । तीर्थ र उनकी अर्की छोरी पुष्पाले भनेर भागेर ज्यान जोगाएका छन् ।

त्यसैगरी गोपाल सुनारको घरमा पुरिएका अन्य चार जनाको भने खोजी भइरहेको प्रहरी जनाएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र उद्धारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।