२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पूर्वी टर्कीमा भूकम्प: १४ जनाको मृत्यु, पाँच सय बढी घाइते


0
Shares

काठमाडौं । पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।

६ दशमलव ८ म्याग्नीच्युट मापन गरिएको भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ ।

टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।

भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् ।

उत्तर पश्चिम टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१० मा आएको ६ म्याग्नीच्युटको भूकम्पमा पनि ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।(एजेन्सी)