Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मनाङेविरुद्ध म्याद थप


0
Shares

पोखरा, माघ १० । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

सोक्रममा मनाङेले आफूले मिलन गुरुङमाथि हातपात गरेको अहिले आएर सार्थक भएको बताए ।

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङेविरुद्ध उजुरी दिएका थिए ।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई कुटपिट गरेका थिए ।

मिलन गुरुङ पनि पक्राउ

यसैबीच, प्रदेश सांसद दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

बैंकिङ कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । मिलन पोखराको गैह्रापाटनबाट शुक्रबार पक्राउ परेका हुन् ।