आर्थिक एजेण्डामा राजनैतिक दलहरुलाई समान दृष्टिकोण बनाउन आग्रह « Image Khabar


आर्थिक एजेण्डामा राजनैतिक दलहरुलाई समान दृष्टिकोण बनाउन आग्रह


0
Shares

काठमाडौं, मंसिर २० । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुलाई समान दृष्टिकोण बनाउन आग्रह गर्नुभएको छ ।

सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उहाँले महामारीले प्रभावित मुलुकको अर्थतन्त्रको पुनरुत्थान गर्न सबै राजनैतिक दलको समान धारणा आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

विज्ञहरुले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट कम खतरापूर्ण रहेको बताउँदै आएकाले आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।

आफ्नो समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको पनि ढकालले उल्लेख गर्नुभयो ।