काठमाडौं, माघ १० । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।
तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ माघ १० गते आजैका दिन टेकुको पचलीमा रहेको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।
यसै दिनको सम्झना गर्दै आज कुपण्डोलस्थित शहिद शुक्रराज शास्त्रीको प्रतिमास्थलमा शहीद स्मारक समितिले कार्यक्रम गरेको छ ।
नागरिक समाजका व्यक्तिहरुले शहिद शुक्रराज शास्त्रीको भूमिकाको योगदान गर्दै उनको तस्विरमा माल्यार्पण गरेका थिए ।
शहीद स्मारक समितिका सचिव रामकृष्ण हाडाले राज्यले शहीदहरुलाई सम्मान गर्न नसकेको बताए ।
त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानिएको थियो ।
माघ १६ गते सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरी यो दिवस मनाउने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्