Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


उपहार लिएकै आधारमा बलिउड अभिनेत्री ज्याकलिन पक्राउ


0
Shares

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको छ । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी विदेश जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा शेखरले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार शेखरले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।