विराटनगर, माघ ९ । ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
बिहीबार मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो ।
गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका थिए ।
उनी भने बिहीबारै दिउँसो भारततर्फ भागेका छन् ।
प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी एक्लै जोगवनी नाकाबाट भारत पसेका हुन् ।
‘जगदगुरु’ घोषणा भएपछि गिरीको सुरक्षार्थ प्रहरीको अंगरक्षक उपलब्ध गराइएको थियो ।
जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छाड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो ।








प्रतिक्रिया दिनुहोस्