
फाइल तस्बिर
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग (एमसीसी) जनताको भावना अनुसार मात्र पास हुने बताउनुभएको छ ।
पार्टीले सन्धिखर्कमा गरेको कार्यकर्ता भेलामा नेता नेपालले राष्ट्रिय सहमतिविना एमसीसी अनुमोदन नहुने स्पष्ट गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जबरजस्ती एमसीसी पास गर्न खोज्दा आफूहरू रोक्न सफल भएको उहाँको तर्क छ ।
अब हुने उप–चुनावमा पनि पाँच दलिय गठबन्धन कायम रहने दावी गर्दै उहाँले चुनावलाई कम खर्चिलो बनाउने दृष्टिले मितव्ययी प्रणाली अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
नेता नेपालले एमाले अध्यक्ष ओलीको राजनीतिक भविष्य सकिएकाले नै तानाशाही शैलीमा महाधिवेशन सम्पन्न गरेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्