उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने « Image Khabar


उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने


0
Shares

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिम भू-भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पुर्वतर्फ सर्ने देखिएको छ।

सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार त्यसकाे अप्रत्यक्ष प्रभावले आज रातीवाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । भने भाेली आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको महाशाखाले जारी गरेकाे माैसम बुलेटिनमा उल्लेख गरिएकाे छ।

सो पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जनाएकाे छ।

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ। सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाईरयातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।