Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कलेज बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते


0
Shares

मोरङ ।  लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको बस आज दुर्घटना भएको छ । कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी  विराटनगर १५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घनपालथान गाउँपालिका वडा नम्बर ४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन् ।

उनीहरूको अवस्था सामान्य छ । दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन् ।

बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले बयान दिएका छन् ।