Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


नोना कोइराला स्मृति प्रतिष्ठानलाई जापानको एक करोड २१ लाख सहयोग


0
Shares

काठमाडौं । जापान सरकार र नोना कोइराला स्मृति प्रतिष्ठानबीच विराटनगर स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निमार्णका निम्ती सम्झौता भएको छ।

बुधबार भएको सम्झौतापत्रमा नेपालका लागी जापनिज राजदुत साईगो मसमिची र प्रतिष्ठानका अध्यक्ष डा नारायण कुमारले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका काँग्रेस नेता डा शेखर कोइरालाले नेपालको लोकतन्त्र र विकासमा जापानले पुर्याएको सहयोगको प्रशंसा गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रममा श्रीमती पुनम कोइराला, काँग्रेस प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरका मेयर भिम पराजुली, डा ममता कायस्थ, संचारकर्मीहरु चन्द्रशेखर अधिकारी र डि पि उपाध्याय, प्रतिष्ठानका सदस्य अधिवक्ता पंकज कर्ण, नेहा कोइराला र रहिश भट्टको उपस्थिती रहेको थियो ।

आधारभुत स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा आकस्मिक आवास प्रयोजनका लागी निर्माण गरिने प्रतिष्ठानको अत्याधुनिक भवनका निम्ती जापान सरकारले एक करोड २१ लाख सहयोग गरेको छ ।