माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन « Image Khabar


माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन


0
Shares

तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोश्रो पालिका सम्मेलनद्धारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।

जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा,लालिगुरास नगरपालिकामा अध्यक्ष छिरिङ लामा, त्यस्तै म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितीका संयोजक ईन्द्र इम्सङले जानकारी दिनुभयो ।

मेन्छ्यायेम गाँउपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु आठराई गाउपालिकाको अध्यक्षमा गणेश बिमली सर्वसहमत चयन हुनु भएको छ ।