Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


स्मितासँग गायक मोहन राई: शीर्ष गीतमा जम्यो जोडी


0
Shares

काठमाडौं । प्रतिष्ठित व्यक्तिहरुलाई सांगीतिक क्षेत्रमा उतारेर चर्चा बटुलेका गायक मोहन राई फेरि नयाँ गीत लिएर आएका छन् ।

गायिका स्मिता दाहालले ‘मन यो मेरो’ गीतमा गायक मोहन राईलाई साथ दिएकी छन् ।

गंगाराज राईको शब्द, राजन इशानको संगीत रहेको यो गीत गायक राईको आउँदो एल्बम ‘मन यो मेरो’मा समेटिनेछ ।

गंगाराजकै पाँचवटा गीतमा इशानसहित दीपक जंगम, शक्ति बल्लभ, दीपक शर्मा र कन्काइस्ट राईले संगीत दिएका छन् ।

स्वरमा गायक राईलाई स्मिताले शीर्ष गीत, मेलिना राईले ‘माया गर्नु छ’ र सहसचिव श्रवणकुमार तिमल्सिनाले एउटा राष्ट्रिय गीतमा साथ दिएका छन् ।

स्मितासँग एल्बमको शीर्ष गीत गाउन पाउँदा एकदमै खुसी लागेको गायक राईले सुनाए । ‘स्मिताले खुलेर रमाइलो गरी गाउँदा खुसी लाग्यो’, उनले भने, ‘बाँकी एउटा गीत पनि उहाँसँगै गाउने निर्णयमा पुगें ।’ स्मिताले गायनमा नयाँ अनुभव गर्न पाएको बताएको उनले सुनाए । उनका अनुसार स्मिताले १ सय गीत गाएकी छन् ।

गायक राईका यसअघि ‘मायाको खेल’ र ‘कस्तो सपना’ नामक गीति एल्बम प्रकाशित छन् ।

उनले गाएको राष्ट्रिय गीतमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले अभिनय गरेका थिए ।