
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणको पहिलो खेलमा आज ललितपुरका दुई टोली फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्नेछन् ।
यो खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब जारी लिगमा पहिलो जितको खोजीमा छ । यसअघिका २ खेलबाट १ अंक मात्रै जोडेको फ्रेण्ड्स क्लब १४ टोली सहभागि लिथगको दशौँ स्थानमा रहेको छ । दोस्रो जितको खोजीमा रहेको थ्रिस्टार क्लब २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
आजको दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लब भिड्नेछन् । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो २ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । एपीएफले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्