मेला हेर्न गएका व्यक्ति मृत फेला, प्रहरी भोलि मात्र घटनास्थल पुग्ने « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


मेला हेर्न गएका व्यक्ति मृत फेला, प्रहरी भोलि मात्र घटनास्थल पुग्ने

बाटोबाट २५० मिटर भीरमा शव भेटिएकाले हत्याको आशंका

0
Shares

बैतडी । मेला हेर्न गएका एक व्यक्ति आज(बिहीबार) मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

मंसिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा बिहीबार दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिंग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।

बाटोबाट करिब २५० मिटर तल भीरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । प्रहरीको टोली भोलि मात्र घटनास्थलमा पुग्ने उहाँको भनाइ छ ।

यता, बोहराका आफन्तले भने हत्याको आशंका गरेका छन् । उनीहरूले घटनाको विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।