९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


नाइजेरियामा यात्रुबहाक डुंगा पल्टिंदा बालबालिकासहित कम्तिमा २९ जनाको मृत्यु


0
Shares

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुगा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको मृत्यू भएको छ भने सात जनाको जवितै उद्धार गरिएको छ ।

धार्मिक कार्यक्रममा सहभागी हुन गईरहेका मानिसहरु सवार रहेको डुंगाा नदी पार गर्ने क्रममा पल्टिएको संचारमाध्यमहरुले जनाएका छन ।

मृत्यू हुनेहरुमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको र खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । उद्धार गरिएकाहरुलाई अस्पताल पुर्‍याइएको सुरक्षाकर्मीले जनाएका छन् ।

डुङ्गामा ५० जनाभन्दा बढी यात्रु सवार थिए । नदीमा हराइरहेकाको खोजी भैरहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।