२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


एशियाका एक से एक बैंकलाई पछि पार्दै नेपालको एनएमबी बैंकलाई “दि बैंक अफ् दि इअर एशिया” अवार्ड


0
Shares

काठमाडौं । एनएमबी बैंकले बैंक अफ दी एशिया २०२१ अवार्ड प्राप्त गरेको छ । नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक छ ।

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन “दि बैंकर” को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो ।

चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

योसँगै एनएमबिले “द बैंक अफ द इयर २०२१” को अवार्ड पनि जितेको छ ।