Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


घुस रकमसहित वन कार्यालय प्रमुख पक्राउ


0
Shares

भैरहवा, माघ ८ । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

बुधबार बुटवल उपमहानगरपालिकाको नयाँगाउँ चोकमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको पाँच हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।