काठमाडौं, माघ ८ । कास्कीको अन्नपूर्ण बेस क्याम्प नजिक हिउँपहिरोमा परी बेपत्ता भएका कोरियन पर्यटक र नेपाली गाईडहरुको खोज तथा उद्धारको लागि नेपाली सेनाको उद्धार टोली खट्टिएको छ ।
उक्त टोलीले प्राप्त सूचना, नेपाली गाईडका आफन्त तथा घटनास्थल नजिकै रहेको होटलको सहयोगमा खोजी कार्य जारी राखेको छ ।
गत शुक्रवार गएको हिमपहिरोका कारण अलपत्र परेका एक सयभन्दा बढी पर्यटक र अन्यको उद्धार गरिए पनि चार कोरियाली र तीन नेपालीको अवस्था अझै अज्ञात छ ।









प्रतिक्रिया दिनुहोस्