काठमाडौं । नायिका प्रिंयका कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनलाई स्क्याण्डल गरिराख्ने नायिकाका रुपमा पनि चिनिन्छ ।
अहिले सामाजिक सञ्जालमा आएका तस्विरहरुले प्रिंयकाको चर्चा सुरु भएको छ । उनले पोज पोजका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् ।

बैककमा रहेकी कार्कीका तस्विरहरुले सामाजिक सञ्जाल समेत तातेको छ । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनी मस्ती मुडमा देखिएका छन् ।
उनले केही दिनअघि त्यहाँ ब्याचलर पार्टीसमेत गरेको तस्विरहरु सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
उनले आफ्नो निकट केही साथीहरुसँग ब्याचलर पार्टी गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । समुद्री किनारमा गरिएको ब्याचलर पार्टीमा उनी निकै खुलेको देख्न सकिन्छ ।

अब भने प्रियकांको विवाह हुने कुरामा ढुक्क हुन सकिन्छ । प्रियकां र आयूष्मान देशराज श्रेष्ठको एकवर्ष अघि नै इन्गेज्मेन्ट भएपनि हालसम्म यी दुईको विवाह हुन सकेको छैन् ।
अहिले प्रियंकाले बैककमा ब्याचलर पार्टी मनाउँदै गर्दा यो जोडीको बिहे हुने पक्का भएको छ । केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो बर्ष बिहे नगर्ने बताएकी थिइन् ।





प्रतिक्रिया दिनुहोस्