
एजेन्सी । लेबनानमा नयाँ सरकार गठन भएको छ । सरकारको विरुद्धमा लामो समय आन्दोलन भएपछि नयाँ सरकार गठन भएको हो ।
राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह र यसका सहयोगीले मन्त्रीपरिषदमा सम्झौता गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।
गत वर्ष अक्टोबरमा कामचलाउ सरकारका प्रधानमन्त्री साद हरिरीले राज्यको सम्पतिको दुरुपयोग गरेको र भन्दै चौतर्फी विरोध भएपछि राजीनामा दिएका थिए ।
२० सदस्यीय मन्त्रीपरिषदको सरकारको नेतृत्व विश्वविद्यालयका प्राध्यापक हसन दिवले गरेका छन् ।
नयाँ सरकारलाई भने अधिकांश दलले समर्थन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री दिवले सबैको आकांक्षा अनुसार नै काम गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्