सामुदायिक पुँजी निर्माणमा अर्थमन्त्रीको जोड « Image Khabar


सामुदायिक पुँजी निर्माणमा अर्थमन्त्रीको जोड


0
Shares

काठमाडौं, मंसिर १४ । अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि जोडिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ ।

मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारहरुले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभएको हो ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताउनुभएको हो ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउनुहुँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।