५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


कान्ति बाल अस्पताल सुधारको योजना


0
Shares

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)

काठमाडौं, माघ ७ । सरकारी क्षेत्रको एकमात्र बाल अस्पताल कान्तिमा पछिल्लो समय केही सुधार हुँदै गएको छ ।

शय्या अभावका कारण उपचार नपाउने समस्या पछिल्लो समय घटेको अपस्तालको दाबी छ ।

सरकारी अस्पतालमा शय्या अभावका कारण बिरामी फर्कने समस्या नौलो होइन ।

शल्यक्रियाका लागि दुई वर्षसम्म पर्खनुपर्ने, ‘ओपीडी’, ‘आइसीयु’कक्ष खाली नहुने, आकस्मिककक्षबाटै उपचार नपाएर धेरै बिरामी फर्कने समस्याहरु नियमित आकस्मिकता हुन् ।

सरकारी क्षेत्रबाट सञ्चालित एकमात्र कान्ति बाल अस्पतालमा देशभरिका बालबालिका उपचारका लागि आउँछन् ।

तर, उपचारका लागि शय्या नपाएर बिरामी बालबालिका फर्कनुपर्ने बाध्यता आमसमस्याको रुपमा बढेपछि अस्पतालले सुधारको पहल सुरु गरेको छ ।

२०७८ सालसम्म तीनओटा शल्यक्रियाकक्ष, १० ओटा ‘एनआइसीयु’कक्ष, १० ओटै ‘पीआइसीयु’ कक्षलगायतका सुविधा थप गर्ने योजना बनाएको अस्पतालका निर्देशक डा. आरपी विच्छाले बताए ।

अस्पतालमा हाल रहेका १४ शय्याको आकस्मिककक्ष, ३५ शय्याको शल्यक्रिया र ५२ शय्याको ‘मेडिकल वार्ड’लाई क्रमशः बढाउँदै लैजाने तथा नाक, कान, घाँटी, हाडजोर्नी, ‘न्यूरो’को उपचारसमेत सुरु गर्ने पनि डा. विच्छाको भनाइ छ ।

यी सुविधा थप गर्न अस्पतालले १० करोड रकम माग गरेको छ ।

कान्ति बाल अस्पातलले बालबालिकामा हुने क्यान्सरको उपचार निःशुल्क गर्ने गरेको छ भने पाँच लाखसम्मको औषधिसमेत निःशुल्करुपमा दिने गरेको दाबी गरेको छ ।

तर, बिरामी बालबालिकाका अभिभावकले भने ‘स्लाइन’ पानी, ‘सिरिन्ज’ र ‘बेड’मात्र निःशुल्क उपलब्ध हुने र औषधि आफैंले किन्नुपरेको बताएका छन् ।

भिडियो हेर्नुहोस्