एमाले महाधिवेशन : मतदान सकियो, केही समयपछि गणना हुने « Image Khabar


एमाले महाधिवेशन : मतदान सकियो, केही समयपछि गणना हुने


0
Shares

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

उक्त मतदानमा दुई हजार एक सय ५३ प्रतिनिधि मध्ये दुई हजार ८१ मत खसेको छ । केही समयपछि मतगणना हुने छ ।

विद्युतीय मेसिनबाट मतदान भएकाले केही घण्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् ।