तनहुँ । बन्दीपुरमा सुबिधा सम्पन्न होटेलहरु निर्माणको क्रम बढेको छ ।
पछिल्लो समय प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दीपुर घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएकाले होटेललगायतका संरचना निर्माण बढ्न थालेको हो ।
अहिले बन्दीपुरमा एक दर्जन भन्दा बढी सुबिधा सम्पन्न होटेलहरु निर्माणकै चरणमा रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बताए ।
गत वर्ष स्वदेशी तथा विदेशी गरी करिब डेढ लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।
यस वर्ष यो संख्या २ लाख ५० हजार पुर्याउने व्यवसायीहरुको लक्ष्य छ ।





प्रतिक्रिया दिनुहोस्