Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड हुँदै


0
Shares

काठमाडौं, माघ ६ । संसार क्रियशन्स्ले आउँदो शुक्रबार प्रज्ञाभवन कमलादीमा नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड गर्ने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियशन्स्का प्रमुख स्वतन्त्र संसार महर्जनले नेपालभाषा चलचित्र क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विधा र पुरस्कार समेटिएकोे अवार्ड भएको दाबी गरे ।

नेपालभाषामा समर्पित स्रष्टाहरुको सम्मानमा आयोजना गरिएको भनिएको यस अवार्डमा सर्वोत्कृष्ट छान्न ७ सदस्यीय निर्णायकमन्डलले निर्णय गर्नेछ भने यसमा केही अंश एसएमएस तथा अनलाइन भोटिङको पनि रहने छ ।

करिब २५ विधामा पुरस्कृत गरिने यस अवार्डमा जनसंगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।

वरिष्ठ गायक जुजुकाजी रंजित, सिनेपत्रकार विजयरत्न तुलाधर, नायक जय श्रेष्ठ, नायिका हिसिला महर्जन तथा वरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई संसार सप्तरंगी सम्मानबाट सम्मानित गर्न लागिएको छ ।

यसैगरी, बहुप्रतिभाशाली ललेन्द्र शाक्यलाई संसार मल्टिपर्पोज अवार्डबाट सम्मानित गर्न लागिएको हो ।