 
	    एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफनो देश बिरुद्ध लगाइएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् ।
दक्षिण अफ्रिका लगायत अन्य ६ वटा अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछी विश्वका कयौ राष्ट्रहरुले यात्रा प्रतिबन्ध लगाएपछी असन्तुष्ट बनेका राष्ट्रपति रामाफोसाले आफनो देश र नागरिकमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।
एक समारोहमा बोल्दै उनले बिभिन्न देशको यो निर्णयले आफुलाई निरास गरेको भन्दै आफना देशका नागरिककहरुको मनोबल गिराउने काम मात्र भएको बताएका छन् ।
साथै उनले यात्रा प्रतिबन्धको कुनै बैज्ञानिक आधार नभएको भन्दै दक्षिण अफ्रिकी मुलुकहरु अनुचित भेदभावको शिकार भएको बताए । दुइ साता अघि दक्षिण अफ्रिकाको सबैभन्दा जनघनत्व रहेको गौतेङ प्रान्तमा नयाँ भेरिएन्ट फेला परेपछी बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बिश्व जगतलाई सचेत तुल्याएको थियो ।
यसैबीच डब्ल्युएचओले यात्रा प्रतिबन्ध लगाएका देशहरुलाई बैज्ञानिक दृष्टिकोणबाट निर्णय लिन सुझाव दिएको छ । हाल अमेरिका, बेलायत, युरोपियन युनिएन, नेपाल, भारत लगाएतका मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका यात्रुहरुमाथि प्रतिबन्ध लगाइसकेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्