Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


इतुम्बहालमा सामुहिक इहि


0
Shares

काठमाडौं, माघ ६ । इतुम्बहाः मिसा पुचको आयोजनामा सामूहिक इहि (बेलविवाह) सम्पन्न भएको छ ।

काठमाडौँको इतुम्बहालमा ६२ कुमारी कन्याको सामूहिकरुपमा इहि गरिएको हो ।

इतुम्बहालका महिलाहरुको समूह इतुम्बहाः मिसा पुचःले चौथोपटक सामूहिक बेलविवाहको आयोजना गरेको हो ।

इतुम्बहा मिसा पुचःकी अध्यक्ष भुवनहिरा शाक्यले नेवार संस्कृतिलाई जोगाइराख्न सामूहिक इहिको आयोजना गरिएको बताइन् । नेवार संस्कृति ‘इहि’ बालिकाहरुका लागि अनिवार्य कर्मकान्ड हो ।

कुमारी पूजा, इन्द्रजात्रा पर्वमा सक्रिय रहँदै आएको इतुम्बहाः मिसा पुचःले विभिन्न सामाजिक कार्य गरी प्राचीन इतुम्बहालको नाम र पहिचानको प्रचार पनि गर्दै आएको छ ।