Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


‘सुदूरपश्चिमका केही मन्त्री विनालगामका घोडा’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, माघ ६ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिमका केही मन्त्री ‘विनालगामका घोडा’ भएको आरोप लगाएका छन् ।

सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पाँचौं बैठकमा बोल्दै उनले केही मन्त्रीहरु जनताप्रति उत्तरदायी नभएको जिकिर गरे ।

उनले प्रदेशका मन्त्रीहरु स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै उनीहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई आग्रहसमेत गरे ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशसभाले ऐन, कानुन निर्माण गरिसकेकाले ती कानुनहरुको कार्यान्वयन पक्षबारे समीक्षा गर्नुपर्ने माग गरे ।

यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेशसभा सदस्य मालवती रानाले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा राखिन् ।

प्रदेशसभाको अर्को बैठक मंगलबार (भोलि) १२ः३० मा बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।