
कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ । हिजो दोश्रो चरणको मतदान पछि ९ सय ९५ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी सुदीप मोहनले भने ९ सय १५ मत प्राप्त गर्नु भएको छ । हिजो साँझ सम्पन्न मतदानमा कुल १९ सय २६ मत खसेको थियो । शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोश्रो चरणको मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्