सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाएको छ ।
स्थानीय प्रशासन, आन्दोलनरत नेपाली काँग्रेस र नगरपालिका बिच भएको संवादमा सहमती भएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको हो ।
आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खडकाको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ ।
छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने सहमती सँगै तिन दिन देखि अशान्त बाह्रविसे शान्त भएको छ ।
राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर दाँयाबाँया वनाइएका घरटहरा भत्काउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी भत्काइएको थियो ।
घरटहरा भत्काएको विरोधमा झडप भएपछि स्थितिलाई शान्त गराउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्