
काठमाडौं, मंसिर १० । महानगरिय अपराध माहाशाखाले बालिका बलात्कारको अभियोगमा एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–७ का गोबिन्द सिंह बिष्ट रहेका छन् । बिष्टले गत कात्तिक २८ गते लगनखेल बसपार्कबाट १४ बर्षिया बालिकालाई फकाएर कोटेश्वरको एक होटलमा लगि करणी गरेको प्रहरीले जनाएको छ ।
बालिका करणीपछि सिंह फरार भएका थिए । फरार बिष्टलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्