सरकारमा रहँदा एमालेले दुईवटा राम्रा काम गर्‍याे : अध्यक्ष थापा « Image Khabar


सरकारमा रहँदा एमालेले दुईवटा राम्रा काम गर्‍याे : अध्यक्ष थापा



चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले)ले सरकारमा रहँदा दुईवटा राम्रा काम गरेको बताउनुभएको छ ।

एमालेले नेतृत्व गरेको सरकारको कामप्रति आफू पूर्ण सन्तुष्टि नभएको जनाउँदै उहाँले सरकारमा रहँदा एमालेले दुईवटा काम राम्रो काम गरेको बताउनुभयो ।

चितवनमा जारी एमाले एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले नाकाबन्दीका बेला भारतसँग नझुकेको र चुच्चे नक्शा निकाल्ने आँटको आफू प्रशंसक रहेको बताउनुभयो ।

अध्यक्ष थापाले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको संज्ञासमेत दिनुभयो ।