२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्वतको सभापतिमा जोशी विजयी


0
Shares

पर्वत । नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनको मत गणना अनुसार जोशीले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापति निर्वाचित हुनुभएको छ ।

जोशीले ६ सय ९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी यामबहादुर मल्लले ४ सय ४९ मत प्राप्त गर्नुभएको थियो । यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गर्नुभयो । निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् ।