२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली


0
Shares

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ ।

नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बौल्दै ओलीले सो कुरा बताउनुभएको हो ।

ज्ञानलाई गतिशिल विकासमा हुन नदिने र सृजनालाई सीमित राख्दा समाजसमेत यथास्थितीमा रहन पुगेको उहाँको भनाई थियो । सत्ताका लागि बुद्धिजीविहरुले सामान्य कुराहरुलाई पनि अझ बढी जटील बनाउने गर्दा प्राज्ञहरुको स्तरमा कमी आएको ओलीको भनाई थियो ।

सबै नागरिकलाई सामाजिक विज्ञानका परिवर्तनका कुराहरु राम्रो बुझ्ने अध्यादेता मार्फत जनतालाई बुझाउन सकेमा समाजवादका आधार कसरी तयार हुने र विकास गर्ने भन्नेकुराको ज्ञान बढ्ने ओलीको भनाई थियो ।

स्वार्थका नभई सत्यका निश्कर्ष अबलम्बन गर्न बुद्धिजीवीहरुलाई सुझाव दिँदै चिन्तनबाट विचार निकालिने र त्यसलाई कार्याव्यन गर्न सके मात्रै देश सकारात्मक बाटोमा अघि बढ्ने बताउनुभयो ।