
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरु भइरहेका छन् ।
अहिलेसम्म ३० जिल्लाको परिणाम आएको छ । अहिलेसम्मको जिल्लाको परिणाममा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पक्षले अग्रता लिएको छ । एकमात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये हालसम्म ३० जिल्लाको परिणाम आएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षका १६ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका १४ जना जिल्ला सभापति चुनिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ । कांग्रेसले भोलिसम्म सबै जिल्लाको अधिवेशन सक्ने तयारी गरेको छ ।
देउवानिकट सभापतिहरू
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह
पौडेल समूहनिकट सभापतिहरू
प्यूठान – विष्णुकुमार गिरी
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
रोल्पा –किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
प्रतिक्रिया दिनुहोस्