Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


ऐतिहासिक पुतली नाँच प्रचारप्रसारको अभावमा ओझेलमा


0
Shares

डम्मर बुढामगर/ईमेज

बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित भल्कोटमा ऐतिहासिक रुपमा मनाइँदै आएको पुतली नाँच प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ ।

पछिल्लो समय लोप हुन थालेपछि यसको संरक्षणका लागि स्थानीयहरु जुटेका छन् । ऐतिहासिक पुतली नाच यहाँको विशिष्ट मौलिक संस्कृति हो ।

यसलाई व्यवस्थित ढंगले संचालन गर्नको लागि स्थानीय रुपमा तिलाचन युवा क्लव जागरुप भएर लागेको छ । यो मेला पहिला पहिला शनिबार र मंगलबार पारेर नाचिन्थ्यो ।

अहिले आएर पुस मसान्तमा तरुल खन्ने, माघ १ गते माघी मेला मनाउने, तरुल खाने र २ गते साँझ पुतली बनाएर ३ गते बेलुकीसम्म नाच्ने र बिसर्जन गर्ने गरिन्छ ।

बार, तिथि र मिति हेरेर मात्रै माघको १ देखि ९ गतेसम्म मनाइने गरिन्छ । गाउँगाउँमा यातायातको सञ्जाल जोडिएसँगै म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, पर्वत, लगायतका ठाउँबाट यो नाच हेर्न आउन थालेका छन् ।

स्थानीय कला संस्कृतिलाई संरक्षण सम्वद्र्धन र प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम गर्दै आएको तिलाचन युवा क्लवका अध्यक्ष सन्जु थापा मगरको भनाई छ ।

पछिल्लो समय युवा पुस्ताले सिक्न नचाँहदा यो नाच लोप भएर जाने अवस्थामा आएको छ ।

युवाहरुलाई सिक्नमा प्रोत्साहन गर्नको लागि र यसको संरक्षणको लागि वडा कार्यालयले पनि केही बजेट छुट्याउने गरेको छ ।

विभिन्न खालका सांस्कृतिक र कलात्मक प्रस्तुति देखाएर दर्शकलाई भरपुर आनन्द दिने भए पनि यसमा बोलिने अश्लील शब्द भने सुधार गर्नुपर्ने आवाज उठिरहेको छ ।

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा रहेको यो परम्परालाई प्रचारप्रसार र थप समुन्नत बनाउनुपर्ने आवश्यक देखिन्छ ।