Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बलिदानी दिवसका अवसरमा प्रदेश २ मा सार्वजनिक विदा


0
Shares

धनुषा । प्रदेश नम्बर २ मा आज(आइतबार) सार्वजनिक विदा दिइएको छ ।

मधेश आन्दोलनका सहिदहरूको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

२०६३ साल, २०६४ साल र २०७२ साल गरी तिन चरणको मधेश आन्दोलनमा १०३ जनाले ज्यान गुमाएका थिए ।

प्रदेश सरकारले बलिदानी दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना समेत गरेको छ ।

वीरगन्जमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेता, शहिद परिवार, नागरिक समाज बुद्धिजीवीको सहभागिता हुने बताइएको छ ।