अछाम क्षेत्र नंं १ मा खसेको भन्दा १८ मत बढी भेटियो « Image Khabar


अछाम क्षेत्र नंं १ मा खसेको भन्दा १८ मत बढी भेटियो



अछाम, मंसिर ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत अछामको निर्वाचन क्षेत्र नं. १ मा खसेको मत भन्दा १८ मत बढी पेटिएको छ ।

७ सय ६४ मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ मा ७ सय ४७ मत खसेकोमा ७ सय ६५ मत पत्र भेटिएको हो ।

अब के गर्ने भन्ने बिषयमा छलफल भइरहेको निर्वाचन अधिकृत गणेश प्रसाद ढुंगानाले बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत अछाममा दुवै निर्वाचन क्षेत्रमा चुनाव सकिएर मतगणना भइरहेको छ ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।