Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भारतमा एक करोड चोरी प्रकरणः नेपाली कांग्रेसका स्थानीय नेता पक्राउ


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, माघ ४ । नेपाली कांग्रेसका एकजना स्थानीय नेता कैलालीको धनगढीबाट पक्राउ परेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा एक करोड रुपैयाँ बढी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा पदम नेपाली पक्राउ परेका हुन् ।

नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी भएको थियो ।

सोही घटनाका सम्बन्धमा उनलाई शनिबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी नेपाली कांग्रेसको भातृसंगठन दलित संघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

उनले धनगढीमा ‘इन्स्टिट्युट’ सन्चालन गर्दै आएका छन् ।

रकम चोरीको घटनामा ६५ लाख भारुसहित तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–२ की बिन्दा थापा, बाजुराको बूढीगंगा गाउँपालिका–१ का जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्रेको थियो ।

उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भूमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

यो पनि पढ्नोस्

‘नयाँदिल्लीमा ६५ लाख चोरेर फरार’ दुई नेपाली रकमसहित पक्राउ