न्यायालयको देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : देव गुरुङ « Image Khabar


न्यायालयको देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : देव गुरुङ



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव प्रसाद गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताउनुभएको छ ।

सोमबार नेपाल बार एशोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको शुद्धिकरणको सम्बन्धमा सत्तारुढ पाँच दलीय गठबन्धनको ध्यानाकर्षण भएको बताउनुभयो ।

नेता गुरुङले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले माओवादी केन्द्र पनि छिटो समस्या समाधान होस् भन्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । प्रमुख सचेतक गुरुङले आफ्नो पार्टीले अदालतमा देखिएको समस्यासमाधानका लागि सबैलाई आग्रह गरिराखेको पनि बताउनुभयो ।