
काठमाडौँ । बग्ने खोला बगी गो, ‘माया बस्ला फेरि’, ‘मानी माथी आगो बल्दैन’, ‘मेरो त बुढा कानमा टप लाउनी’ लगायतका गीतहरुपछि गायिका भावना आचार्यको नयाँ गीत जव माया नजिकै आयो सार्वजनिक भएको छ ।
गायिका आचार्यको बग्ने खोलाको भरपुर सफलतापछि आएको गीत जव माया नजिकै आयोबाट पनि उनले ठूलो आशा गरेकी छिन् ।
भावनाको स्वर रहेको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ ।
अर्जुन तिवारीले खिचेको यो गीतको भिडियोमा भावना , दीपक र निशाले दमदार अभिनय गरेका छन् ।
देबेन्द्र भण्डारीले निर्देशन गरेको भिडियोमा मोडल निशाले तारिफ योग्य काम गरेकी छिन् ।
सुप्रिमा पराजुलीले सम्पादन गरेको गीतले रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्