Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नेपाल बारको आह्वानमा आज देशभरका अदालतमा बहस बन्द

प्रधानन्यायाधीश राणाले तोके नियमित पेशीका ११ इजलास

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीले आज देशभरका अदालतमा बहस बन्द गरेका छन् ।

आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोध स्वरुप आज देशभरका बार इकाइहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेका मुद्धामा बहस नगर्न जनाएका छन् ।

आन्दाेलनकाे स्वरुप परिवर्तन गरेकाे बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन समेत स्थगित गरेको छ ।

त्यस्तै, सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश राणाले भने सर्वोच्च अदालतमा आज पनि नियमित पेशीका लागि ११ वटा इजलास तोक्नुभएको छ ।

तोकिएका इजलासमध्ये न्यायाधीश दीपक कार्कीका लागि बाहेक अन्य इजलास संयुक्त रहेका छन् । प्रधानन्यायाधीश राणाले आज पनि आफ्ना लागि भने कुनै पनि इजलास ताेक्नु भएकाे छैन् ।