
धनकुटा । खाद्य स्वच्छताको आधारमा धनकुटाका २३ वटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको छ ।
खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण निर्देशिका २०७४ को मापदण्डमा परेका ५ वटा होटेलमा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको छ ।
कार्यालयले यसअघि भेडेटारमा १३ वटा होटल र हिलेमा ५ वटा होटलमा गुणस्तर स्तरिकरण स्टिकर टाँस गरिसकेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे सहितको टोलीले धनकुटा बजारमा सञ्चालित ५ वटा होटेलमा गुणस्तर स्तरिकरण स्टिकर टाँस गरेको हो ।
५ वटा होटलमध्ये होटल मकालु र होटल मुर्चुङ्गा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरकिरणको उत्तममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्