शिक्षामन्त्रीको निर्देशन– ‘१२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ भो, गम्भीर बन्नुस्’ « Image Khabar


शिक्षामन्त्रीको निर्देशन– ‘१२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ भो, गम्भीर बन्नुस्’



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर बन्न कर्मचारीलाई दिर्नेशन दिनुभएको छ ।

शुक्रबार अनुगमनका लागि सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको स्मरण गराउँदै गम्भीर बन्न निर्देशन दिनुभयो ।

‘कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको गुनासो आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा मिलाएर छिटो प्रकाशनमा जोड दिनुस्, गम्भीर बन्नुस् ।’

मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न आग्रह गर्नुभयो । उहाँले बोर्डमा देखिएका समस्याहरूको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले निर्देशन दिनुभयो ।

‘जनशक्ति, भौतिक पूर्वाधार र कमजोर आईटी पूर्वाधारलगायतका समस्या छन्,’ मन्त्री पौडेलले भन्नुभयो ‘यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौं ।’

किताब समयमै विद्यार्थीको हातमा पुर्याउन शिक्षामन्त्रीको निर्देशन
यस्तै, मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुरयाउन निर्देशन दिनुभयो ।

अनुगमनका लागि पुग्नुभएका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरेर समयमै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम गर्न निर्देशन दिनुभयो ।

पुराना मेसिनहरूको तथ्याङ्क संकलन गरी मन्त्रालयमा ल्याउन अह्राउनुभएका उहाँले कक्षा १२ सम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताउनुभयो ।

गुणस्तरिय छपाइ, ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पुर्याउन जनक शिक्षाले तदारुकताका साथ काम गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।