१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विराटनगरमा रेडमड कफीको १० औं आउटलेट


0
Shares

काठमाडौं।रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ ।


पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमडले विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालन मा ल्याएको हो ।


सन् २०१२ मा काठमाडौंको थापाथलीबाट सुरुवात भएको रेडमड कफी ले मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । रेडमडले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिनुभयो ।