
काठमाडौं । नेपाल बार एशोसियसनमा आवद्ध कानुन व्यावसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।
आज सुरक्षाकर्मीले सर्वोच्च परिसरमा प्रवेश गर्न नदिएकाले बारको परिसरमै उनीहरुले नाराबाजी र प्रदर्शन गरका हुन् । सर्वोच्च अदालत प्रवेश गर्ने सवै प्रवेशद्वारहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने कानुन व्यावसायीहरुलाई पनि प्रहरीले निश्चित घेराभित्र बस्न भनेका थिए ।
सर्वोच्च परिसरमा प्रवेश गर्न नपाएपछि कानुन ब्यावसायीहरुले बार परिसरमै कोणसभा आयोजना गरेका छन् । हिजो प्रदर्शनकारी वकिलहरुको प्रहरीसँग झडप भएपछि आज सुरक्षा ब्यवस्था झन कडा बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्